नेप्सेमा ३४.४२ अंकको वृद्धि, ९ अर्ब ७४ करोडको कारोबार

  १९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १८ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । 

आज ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल इनस्योरेन्सका लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् ।

सर्वाधिक गुमाउनेमा आज आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले ३.७३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन एनआरएनको सर्वाधिक ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि साहस ऊर्जाको ४९ करोड ४१ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर