मिडियाबाजी डटकम काठमाडौँ जेष्ठ १९ । नेपाली अल्ट्रा ट्रेल रनिंग संघ (HKNUTRA )को मासिक पदयात्रा तथा पदमार्ग सरसफाईको १३ औं श्रृंखला ताइपो देखि सिङमुङ एपाल ड्याम साइड सम्म सम्पन्न भएको छ ।
पदयात्राको अराम्भमा HKNUTRA का सल्लाहकार / साहित्यकार राजकुमार राईले HKNUTRA को पदयात्रा र पार्यवरण उदेश्य बारे बोल्दै दुवै स्वास्थ्यसँग जोडिएको छ । स्वास्थ्य जीवनको निम्ति पदयात्रा र पर्यावरण महत्वपूर्ण भूमिका हुन्छ । हामीले एउटा प्लाष्टिकको ब्याग बोतल टिप्दै गर्दा साधारण देखिए पनि विश्व वातावरणमा योगदान गरी रहेका हुन्छौं। नेपालीहरू प्राकृतिक पूजक पनि हौं हावा पानी नदी जंगल लाई पूजा गर्छौं यसरी धार्मिक रूपमा पनि प्रकृतिसँग जोडिएका छौं भन्दै पदयात्रा र पर्यावरणमा जोड दिएका थिए । HKNUTRAले बाल बालिकाहरू र अल्ट्रा ट्रेल धावकहरूलाई निःशुल्क तालिम पनि दिँदै आएको छ । उक्त कार्यक्रममा संस्थाको वार्षिक उत्सव समेत रहेकोले पदमार्ग सर सफाईको अन्तिम विन्दु सिङमुङ एपाल ड्याम साइड मा वनभोजको आयोजना गरिएको थियो ।

वनभोजमा भर्खर हङकङको झण्डा र HKNUTRA को लोगो सगरमाथा को चुचुरोमा पुगेर आएका संस्थाका सदस्य राज गुरूङलाई सगरमाथा सफल आरोहण गरेकोमा HKNUTRA का अध्यक्ष किशोर सेलिङ लिम्बुले राज कदर पत्र प्रदान गरेको थिए भने सल्लाहकार श्याम इङनाम लिम्बु . रविन्द्र लिम्बु , डिना बगाले थापाले खादा ओडाई दिएर सम्मान गरेको थियो। वार्षिक उत्सवको केक सल्लाहकार राजकुमार राई , धर्म खिम्बुले राई , सगरमाथा आरोही राज गुरूङ विभागीय संयोजक रमेश भट्टराई, दिलु लिम्बु , महेन्द्र राइले संयुक्त रूपमा काटेका थिए । राज गुरूङले इच्छा शक्ति भए जुनसुकै काम सफलता प्राप्त गर्न सकिने बताए सगरमाथा चुचुरोमा पुगेको सपना जस्तो अहिले पनि लागी रहेको वताउदै शेर्पाहरू को प्रशंसा गरेका थिए । सचिव वसन्त आङबुहाङ लिम्बुले कार्यक्रम सन्चालन गर्दै वर्ष दिनमा गरेका कार्यहरूको जानकारी दिए । कार्यक्रममा कवि डोम राना , कमल पौडेल, एनआरएन अध्यक्ष गोकर्ण ढकाल समाजसेवी कोमल गुरूं विभिन्न संघ संस्था का प्रतिनिधिहरू २ दर्जन अल्ट्रा ट्रेल धावकहरू पदयात्रीहरू १०६ जना को उपस्थिति रहेको थियो । अध्यक्ष किशोर सेलिङ लिम्बुले उपस्थित लाई निरन्तर सहयोग उपस्थितिको निम्ति अनुरोध गर्दै धन्यवाद समेत दिए ।