कांग्रेसका भ्रातृ संस्थाको फेरि म्याद थप्ने निर्णय

  जेठ २०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १९ । सत्ता साझेदार नेपाली कांग्रेसले नेविसंघ, तरूण दललगायत म्याद समाप्त भएका तदर्थ समितिको फेरि म्याद थप्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको बैठकमा चैत मसान्तभित्र अधिवेशन गराउन नसकेका भ्रातृ संस्थालाई पनि एक पटकका लागि म्याद थप गरेर जाने विषयमा छलफल भएको हो । प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार भ्रातृ संस्थाबारे निर्देशन समितिसँग कुराकानी गरेर आगामी केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय लिने विषयमा आज छलफल भएको हो।

तपाईंको प्रतिक्रिया

थप खबर