पूर्व राष्ट्रपति भण्डारी चीनबाट स्वदेश फिर्ता

  जेठ २०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १९ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको १० दिने चीन भ्रमणले नेपाल चीनबीचको सम्बन्धलाई पुनर्ताजगी गराएको भ्रमण टोलीले जनाएको छ।

भण्डारीको टोलीमा सहभागी रहेका सरकारका उद्योग वाणिज्य मन्त्री तथा एमाले नेता दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण फलदायी र सफल भएको बताए।

उनले पूर्व राष्ट्रपति भण्डारीलाई चीनले न्यानो आतिथ्यतासहित स्वागत गरेको बताए। उनले चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग उच्चस्तरको भेटवार्ता भएको पनि बताए। ‘चीनमा रहँदा त्यहाँका उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख, गान्सु प्रदेशका मुख्यमन्त्रीसहितसँग भेटवार्ता र छलफलहरू भयो, मन्त्री भण्डारीले भने, ‘समग्रमा नेपाल चीन सम्बन्ध र सहमतिको कार्यान्वयनमा पुनर्ताजगी भयो।’

तपाईंको प्रतिक्रिया

थप खबर