करातेकी एरिकालाई ऐतिहासिक काँस्य पदक

  जेठ २०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १९ ।  नेपाली कराते खेलाडी एरिका गुरुङले प्रतिष्ठित प्रतियोगिता कराते वान प्रिमियर लिगमा ऐतिहासिक काँस्य पदक जितेकी छन्। हिमालयन वारियर एरिकाले आइतबार राति मोरक्कोको राजधानी रावतमा प्रिमियर लिगमा महिला ६८ केजीमाथि तौल समूहमा उक्त सफलता पाएकी हुन्। कांस्य पदकको प्रतिस्पर्धामा एरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिईलाई ६–२ अंकले पराजित गरेकी थिइन्।

स्पेनिस मारिया गार्सिया टोरेससँग पराजित भएपछि उनी कांस्य भिडन्तमा पुगेकी हुन् । मारियासँग ५–५ अंकको बराबरी खेलेपछि सेन्सुका आधारमा एरिका पराजित भएकी थिइन् । त्यसपछि उनी कांस्यको भिडन्तमा पुगेकी थिइन् । नेपाली करातेका लागि ऐतिहासिक उपलब्धि हासिल गर्दै आएकी एरिकाले विश्वका शीर्ष खेलाडीले मात्र प्रिमियर लिगको पहिलो सहभागितामै पदक जितेकी हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर