बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

  जेठ २०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १९ ।  साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँ कायम भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर