मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १९ । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच अहिले वार्ता भइरहेको छ।
गृहमन्त्री रमेश लेखकको पहलकदमीमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता जारी छ।
यसअघि गण्डकी सरकारले पनि व्यवसायीलाई वार्तामा आउन बारम्बार आह्वान गरेको थियो। तर, उनीहरू वार्तामा जान मानेनन्। सार्वजनिक यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् व्यवसायी ग्यारेज तथा घरमा आफ्ना सवारीसाधन थन्क्याएर बसेका छन्। यातायात बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन्।