देशभर सार्वजनिक यातायात ठप्प, यात्रुलाई समस्या

  जेठ २०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १९ ।  यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गरिएको हो ।

बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ। गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दूरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर