एमाले संसदीय दलको बैठक बस्दै

  जेठ २०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १९ ।  सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो । बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेश बर्तौलाले बताएका छन्।

जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले संसदको अवरोध जारी नै राख्ने अडान लिएका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने उनीहरूको अडान छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गरेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर