मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १९ । नेपाल विद्युत् प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ।
शुक्रबार पत्रकारसम्मेलनको आयोजना गर्दै निर्देशक हेतेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक गरेका हुन्।
श्वेत पत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरे।
उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको जानकारी गराएका हुन्।
उनले भने,‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ। तर, आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ।’
त्यस्तै उनले, आ.व.२०८०/८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको उनको भनाइ छ।