मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन्।
आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन्।
उनले भने, ‘आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने निजी मेडिकल कलेजको सम्बन्धन खारेज हुन सक्छ। चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्छ। नेपाल चिकित्सक कर्मचारीहरुलाई ८औं सरह नै भत्ता दिनुपर्छ। साप्ताहिक कति घण्टा काम गर्नुपर्ने हो त्यसमा सुत्केरी बिदा पाउने की नपाउने, वार्षिक रुपमा कति बिदा पाउने यस्ता केही विषयहरु छन्। यी विषय सरकारी अस्पतालहरुमा पनि छन्। चिकित्सकीय अभ्यासमा मात्रै सिमित नभएर स्वास्थ्य मन्त्रालय हरेक कुराहरुमा सकारात्मक छ।’