कलिंगा विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युबारे भारतको विदेश मन्त्रालय बोल्यो

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १९ ।  भारतको विदेश मन्त्रालयले भारतको ओडिसा राज्यको भुवनेशवरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको मृत्युमा दुःख व्यक्त गरेको छ । मन्त्रालयले आफ्ना अधिकारीहरू यसबारे नेपाली अधिकारीहरू, ओडिसा सरकार र विश्वविद्यालयसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।

मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै भनेको छ ‘भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयका एक नेपाली विद्यार्थीको दुखद निधनले हामी अत्यन्तै दुःखी छौं। यस कठिन समयमा हामी शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।’

विज्ञप्तिमा अगाडि भनिएको छ ‘हामीलाई यो दुखद घटनाको बारेमा थाहा भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ। ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।’

तपाईंको प्रतिक्रिया

थप खबर