मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १९ । अहिले हुने तय भएको ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाकोको सपथ ग्रहण स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले आज विहान दश बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्री गर्बुजाको सपथ ग्रहण कार्यक्रम स्थगित भएको जानकारी दिए।
संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले समय अभावका कारण मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित भएको जानकारी दिए। ‘
अस्ति बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेको हुनाले र समय अभावले आजको मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित भएको हो,’ मन्त्री गुरुङले डिसी नेपालसँग भने।
बिहीबार ऊर्जाराज्य मन्त्रीका नियुक्ति सरकारले गरेको थियो। उनको आज १० बजे शपथ ग्रहण गर्ने तय भएको थियो।