रूपन्देही–३ मा एकीकृत समाजवादीबाट घनश्याम भूसालसहित सात जना सिफारिस

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १६ ।   रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको हो ।

भूसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रूपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सहइञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर