मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १६ । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड माथिको ससेयर कारोबार भएको छ ।
आज हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले सर्वाधिक ६.०७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ४ प्रतिशत र नेपाल एसबिआई डिबेञ्चर २०८६ का इकाईधनीले ३.९९ प्रतिशतका दरले कमाएका छन् ।
उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ७.६८ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको २१ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।