आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । व्यापार तथा वित्तीय बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारको सिलसिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विद्या तथा प्रतिस्पर्धामा सहपाठीहरूलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्र तथा शेयर बजारसँग सम्बन्धित क्षेत्रमा लगानी गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रसन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवार तथा आफन्तबिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । साँझबाट अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । पुँजी बजार तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लगानीबाट आम्दानी बढाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । व्यापार, वित्तीय क्षेत्र र उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यय भावमा गोचर गर्ने चन्द्रमाले फजुल खर्च बढ्नेछ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । तर पनि लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ । साँझपख सामाजिक तथा कल्याणकारी काममा व्यस्त हुने समय रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्ने थुप्रै बाटाहरू भेटिनेछन् भने व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिए पनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ ।