नेप्सेमा २८.९१ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १७ ।  साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३१.४४ अंकले बढेर २६६०.३९ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोडको सेयर कारोबार भएको छ । 

आज सामुदायिक लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.८७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।

सर्वाधिक गुमाउनेमा आज युनिलिभर नेपालका लगानीकर्ताले रहेका छन् । यस कम्पनीका लगानीकर्ताले २.१३ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन एनआरएनको सर्वाधिक ४६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ४५ करोड ५५ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको २५ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ 

तपाईंको प्रतिक्रिया

थप खबर