सात सहसचिवको सरुवा : कास्कीसहित चार जिल्लाका फेरिए सीडीओ

  जेठ १९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १८ ।  गृह मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ ।

उनीहरूको यही जेठ १६ गते सरुवा भए पनि आज (आइतबार) सरुवाको पत्र थमाइएको हो। मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव छवि रिजालका अनुसार बर्दिया, कास्की, धनुषा र पाँचथरमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाइएको छ।

बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालय पठाइएको जानकारी रिजालले दिए। उनका अनुसार कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ। बर्दियामा भने मन्त्रालयकै अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई सीडीओ बनाएर पठाइएको छ। सहसचिव रिजालका अनुसार धनुषाका सीडीओ रामुराज कडरियालाई मन्त्रालयमा तानिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर