राप्रपा नेपालका अध्यक्ष थापासहित ६ जना पक्राउ, प्रहरी परिसरबाटै समातिए सांसद सिंह पनि 

  जेठ १९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १८ ।  काठमाडौंको नारायणचौरमा आज (आइतबार) भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उनले बताए।

यसरी पक्राउ पर्नेमा थापासहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिना रहेका छन्।राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर