राजावादीको आन्दोलनमा लाठ्ठीचार्ज, केहि प्रदर्शनकारी घाइते

  जेठ १९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १८ ।   राजावादीहरुको आज (आइतबार) को प्रदर्शनमा प्रहरीले लाठ्ठीचार्ज गरेको छ ।

राजसंस्था पुनस्र्थापनाको माग गर्दै आइतबार जारी प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले लाठ्ठीचार्ज गरेको हो। प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित अन्य प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

नक्शाल र बालुवाटार क्षेत्रमा भएको प्रदर्शनमा सहभागी राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग दोहोरो झडप र हानाहानको स्थिति सिर्जना भएको हो । केही प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले लाठ्ठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन्। झडपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीसँगै अन्य थुप्रै प्रदर्शनकारी पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूको यकिन संख्या भने खुलिसकेको छैन । झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएको प्रारम्भिक जानकारी आएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर