जंगली च्याउको तरकारी खाएका १६ जना बिरामी, दुईको अवस्था गम्भीर

  जेठ १९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १८ ।  मकवानपुर र चितवनमा जंगली च्याउको तरकारी खाएका १६ जना बिरामी परेका छन।

मकवानपुर र चितवनका ग्रामीण क्षेत्रमा आफ्नै घर नजिकै उम्रिएको च्याउको तरकारी पकाएर खाँदा १६ जना बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ। चितवनको भरतपुर महानगरपालिकार राप्ती नगरपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका स्थानीय च्याउको तरकारी खाँदा बिरामी परेका हुन्। जसमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८, ओकरेका ६१ वर्षीय वीरबहादुर तितुङ र उनका ८ वर्षीय छोरा बसन्त तितुङ आफ्नै बारीमा उम्रिएको जङ्गली च्याउ खाँदा बिरामी परेका हुन् । उनीहरूलाई छिमेकी सुजन तामाङले शनिबार (हिजो) दिउँसो १ः३० बजे उपचारका लागि हेटौँडा–१ स्थित सन्चो अस्पताल पुर्याएका थिए । प्रहरीका अनुसार दुवैको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर