महिमानको विषयमा भोलि फुलकोर्ट बस्दै, सेवाबाट बर्खास्तदेखि कैदसम्म हुन सक्ने

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १८ ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशमालाल चौधरीलाई पक्राउ गर्न भन्दै लहडको भरमा अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमान बिष्टलाई भोली अदालत पेश गरिने भएको छ । उनको मुद्दामाथि सुनुवाइका लागि भिलि अदालतमा पूर्ण इजलास बस्ने भएको छ ।

बिष्ट बुधबारदेखि प्रहरी हिरासतमा छन् । कानुनअनुसार हिजो हिरासतमा लिइएका उनलाई २४ घण्टाभित्र अदालत उपस्थि गराउनुपर्ने भए पनि आज सार्वजनिक विदाका कारण अदालत बन्द हुने भएकोले उनलाई भोलि मात्रै अदालत उपस्थित गराइनेछ । अदालत उपस्थित गराउनुअघि उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइनेछ ।

नेपालको न्यायालयको इतिहासमा यस्तो किसिमको किर्ते वा जालसाजीको घटना पहिले कहिल्यै नभएकोले बिष्टलाई कुन मुद्दा चलाउने भन्नेमा अन्योल छ । उनलाई कुन मुद्दा चलाउने भन्ने कुरा न्यायाधिवक्ताले निर्णय गर्नेछन् । यसबाहेक उनलाई अदालत पेश गरिसकेपछि इजलासले नै ‘फलानो अभियोगमा मुद्दा चलाउनू’ भनेर आदेश पनि दिन सक्छ । इजलासले यस्तो आदेश दिएमा त्यो समेत थपेर अभियोग पत्र दर्ता हुन सक्छ ।

विष्टविरुद्ध सरकारी सहीछाप कीर्ते, सर्वोच्च अदालतको मानहानी, नक्कली आदेश तयार पारी पदको दुरुपयोग गरेको जस्ता धेरै कसूरहरू आकर्षित हुन सक्छन् । यसबाहेक दोषीलाई सफाइ पेश गर्ने र कानुनी उपचारको हक हुने संविधानमै व्यवस्था भएकोले अदालतले भोलि थप अनुसन्धानको आदेश दिन सक्ने सम्भावना उच्च छ ।

तपाईंको प्रतिक्रिया

थप खबर