मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले आफूलाई लागेको कुरा व्यक्त गर्दा गाली गरिएको भन्दै फेरि आलोचना गरेका छन् । आज (बिहीबार) विराटनगरमा आयोजित कोशी प्रदेशको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरुले असहिष्णुता प्रकट गरेको टिप्पणी गरेका हुन्। ‘उनीहरुको असहिष्णुता कस्तो छ भन्ने देख्नका लागि एक कलाकारले कुनै राजनीतिको एक शब्द सर्मथनमा बोले,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘त्यो कलाकारलाई खेदेर खप्नुखानु भएन । उ त पोलिटिकल मान्छे त होइन । उसले आफूलाई लागेको कुरा पाक्व बोलिदियो । यसलाई खेदेर उधुम ।’
त्यस्तै कलाकार सुरक्षा पन्तमाथि भएको आलोचनाबारे पनि चर्चा गर्दै उनले राम्रो कुरा गर्दा पनि अनावश्यक आलोचना भएको बताए । ‘एउटा बच्चाका बारेमा उनीसँग सोधियो–कस्तो लाग्छ त्यो बच्चा ?,’ ओलीले भने, ‘कसैको छोराछोरीको बारेमा सोध्नुपर्ने, देशभरी यत्रा छोराछोरी । कसैका नातीनातिनाकाबारेमा सोध्नुपर्ने केही जरुरी थियो ? तर, सोधिहाले । गुडलुकिङ हुनुहुन्छ, कला क्षेत्रमा आउनु भयो भने मार्केट जम्छ जस्तो छ भनेको छ । कति राम्रो कुरा गरेको छ हेर्नुहोस् त । त्यो पनि भन्न नपाइने । के भनिदिनु पर्ने ?’