आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, सार्वजनिक बिदा

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १८।  आज मे दिवस अर्थात् यस वर्षको १३६औं अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यस पटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर