मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ ।
संसद्मा बिचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारुढ दलको तर्फबाट पहल लिइरहेकाले विजनेश समेतलाई ध्यानमा राखेर अधिवेशन बोलाउन लागिएको सत्तारुढ दलका नेताहरू बताउँछन् ।
संसद्को वर्षे अधिवेश नगत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म अधिवेशन नबोलाएको भनेर प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण समेत गर्दै आएका छन् ।