मिडियाबाजी डटकम काठमाडौं, माघ १५ । २०८१ सालको शहीद दिवसमा सार्वजनिक बिदा दिने घोषणा गरेपछि सरकारले यो वर्ष शहीद दिवस माघ १६ मा बिदा नभएको स्पष्ट गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो वर्ष शहीद दिवसको अवसरमा बिदा दिने निर्णय नभएको जानकारी दिए । गत पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८१ सालमा थप २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
माघ १६ गतेको शहीद दिवस र राम नवमीमा बिदा थप गर्ने निर्णय सरकारले गरेको थियो । सो निर्णयलाई लिएर यो वर्षको शहीद दिवसमा बिदा हुनेरनहुने बारे अन्योल थियो ।