आज काठमाडौंको तापक्रम २.९ डिग्री सेल्सियस

  माघ १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ १३ ।  काठमाडौं उपत्यकामा शनिवार यो वर्षको हालसम्मकै कम तापक्रम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको हो ।

‘आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम अर्थात् २.९ डिग्री सेल्सियस मापन गरिएको छ’, मौसमविद् मीनकुमार अर्यालले भने ।

तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने अर्यालले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा तत्काल पानी पर्ने सम्भावना देखिएको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर