मिडियाबाजी डटकम काठमाडौं,चैत्र १३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मङ्गलबार स्थानीय काउली प्रतिकेजी २० रुपैयाँ, तितो करेला ९६ रुपैयाँ, कुरीलो ६०० रुपैयाँ, काक्रो ८४ रुपैयाँ र कोइरालो १४० रुपैयाँ पर्नेछ ।
त्यस्तै, गोलभेडा प्रतिकेजी ६५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ८० पैसा, सुकेको प्याज ७२ रुपैयाँ ४० पैसा, लोकल गाजर ३८ रुपैयाँ ३३ पैसा, लोकल बन्दा २९ रुपैयाँ, स्थानीय ज्यापु काउली ३६ रुपैयाँ ६७ पैसा, भन्टा ४५, तने बोडी ९६ रुपैयाँ, मटरकोशा र घिरौला ६५ रुपैयाँ र घिउ सिमी ३० रुपैयाँ पर्नेछ ।
यसैगरी टाटे सिमी प्रतिकेजी ५६ रुपैयाँ, तितो करेला ९६ रुपैयाँ, लौका ५७ रुपैयाँ ५० पैसा, लोकल परवर ८६ रुपैयाँ ६७ पैसा, तराई परवर ७५ रुपैयाँ, फर्सी ३५ रुपैयाँ, भिण्डी ११५ रुपैयाँ, हरियो प्याज र बकूला ५५ रुपैयाँ तोकिएको छ ।