आजको सेयर बजारमा छायो रौनक, कारोबार रकम कति ?

  फागुन १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन १४ ।  सेयर बजारमा ६ दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । साताको दोस्रो कारोबार दिन बजारमा सुधार आएको छ ।

सोमबार बजार १३.२८ अंकले बढेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।

आज समाज लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी बिपीडब्लु लघुवित्तको ८.७७ ६ प्रतिशत, किसान लघुवित्तको ५.५६ प्रतिशत, गुर्खाज फाइनान्सको ५.३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७१ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ७ करोड ७५ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

उक्त दिन शिभम् सिमेन्टको ६ करोड ६७ लाख ६७ हजार रुपैयाँ, गुर्खाज फाइनान्सको ६ करोड २६ लाख ६४ हजार रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड १८ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर