आजको मौसम : काठमाडौँमा वर्षकै कम तापक्रम रेकर्ड, अन्य स्थानमा कस्तो छ ?

  माघ १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ १२ ।  काठमाडौँमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा तापक्रम ३ डिग्रीमा झरेको हो ।

यसअघि गएको सोमबार ३ दशमलव २ डिग्री मापन गरिएकोमा आज त्यसबाट पनि तल झरेर यस वर्षकै कम तापक्रम रेकर्ड भएको हो ।

मौसमविद् रोजन लामिछानेले अधिकतम् तापक्रम पनि कम १६.६ डिग्री रहेको बताए। आज सबैभन्दा कम जोमसोममा माइनस ६.५ डिग्री पुगेको पनि उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर