नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालद्धारा पदभार ग्रहण

  फागुन ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ११ ।   त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनलाई कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उपकुलपतिमा नियुक्त गरेका थिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले उनलाई बधाईका साथै सफल कार्यकालको कामना गरेका छन् । उपकुलपति बरालले प्रधानमन्त्रीलाई त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफूले प्राप्त जिम्मेवारीलाई पूरा गर्ने र कुलपतिको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा योगदान गर्ने प्रतिवद्धता जनाए ।

तपाईंको प्रतिक्रिया

थप खबर