आजको मौसम : देशभर मौसममा आंशिक बदली, आज कहाँ-कहाँ हुँदैछ बर्षा ?

  फागुन ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ११ ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर