सिंह र बोहरा एआईजीमा बढुवा

  पुष ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष ५ ।  नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक डीआईजी प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो । एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर