मिडियाबाजी डटकम काठमाडौं, माघ ५ । राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवाललाई नगद २ करोड रुपैयाँसहित पक्राउ गरेको छ ।
बिहीबार राति विभागको टोलीले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारी उहाँलाई पक्राउ गरेको हो । अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीमाथि कर चुहावटको आरोप लागेको छ ।
उहाँमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।