१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  माघ ०४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ ४ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–६ घर भएका २४ वर्षीय काले भनिने संयोग चौधरी छन् ।

चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरी विरुद्ध बलात्कार कसुरमा जिल्ला अदालत मोरङबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर