रेकर्ड कायम गरेको सुनको भाउ घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

  जेठ ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,जेठ ४ ।  शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

बिहीबार प्रतितोला १ लाख ४० हजार रूपैयाँमा कारोबार भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य शुक्रबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६ सय ५० रूपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर