मिडियाबाजी डटकम काठमाडौँ ,जेठ १ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उनले बताए ।
‘‘जलविद्युत उत्पादनको जडित क्षमता दुई हजार ९४० मेगावट पुगेको छ । कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको छ’’, उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने ।