आज पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो लाग्ने

  पुष २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २९ । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ ।

तराईका अधिकांश स्थानहरू हुस्सुरकुहिरोले ढाकेको महाशाखाले बताएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर