झिनो अंकले घट्यो नेप्से, आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरूको कारोवार !

  फागुन ३०, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ३० । साताको कारोबारको चौथो दिन आज नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८ .८२ को विन्दुमा पुगेको छ ।

आज ३१० कम्पनीका ७३ हजार ५ सय ६ पटकको कारोबारमा १ करोड ८८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ रहेको छ । आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ अंकको गिरावट आएर ३७४ दशमलव ६५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरूको कारोबार भएको छ भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर