पाँचथरमा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  पुष २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २७ ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुम्वेवा ४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो ।

बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए। खुकुरी प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर