मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी अचिभर्स अवार्ड २०२४ सम्पन्न गरेको छ ।
काठमाडौंको हायत रिजेन्सीमा भएको अवार्ड कार्यक्रममा सन् २०२३को जनवरी देखि डिसेम्बर अन्तिमसम्ममा ‘एम।डी।आर।टी २०२४ ’ का लागि योग्य ११६ जना अभिकर्तालाई सम्मान गरिएको छ ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमलप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिनभित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए ।