सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज तोलाको कति पुग्यो ?

  चैत २८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र २८ ।   नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर