मिडियाबाजी डटकम काठमाडौं ,फागुन २७ । नेपाल भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिमा सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको देखाएको छ ।
नेपालमा मासिक औसत १ खर्ब १९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बैंकको तथ्यांकमा छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१।६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको बैंकको तथ्याङ्कमा छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७।१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९।१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६।४ प्रतिशतले बढेको थियो ।