आजको मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

  माघ २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,माघ २७ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर