मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । आज तीन वटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी छन् ।
धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिनदेखि सोमबारदेखि हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
बुधवार कम्पनीको सेयर १० प्रतिशतले बढेर ४११.५० रुपैयाँमा पुगेको छ । मार्केट डेप्थमा कम्पनीको ३० लाख ८४ हजारभन्दा बढी कित्ता सेयर खरिद अर्डर छ भने बिक्री अर्डर शून्य छ । अब शेयर बजारमा बिस्तारै बुलिसले छुने जानकारहरु बताउँछन् ।