मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । उदयपुरमा २० वर्षीया किशोरीमाथि जबरजस्ती करणी बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन् ।
उनीहरूले ती किशोरीलाई ललाइ फकाइ सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित किशोरीका पक्षबाट उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।