यो साता सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो मूल्य ?

  जेठ २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,जेठ २६ ।  नेपाली बजारमा यो साता सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत साताको तुलनामा यो साता सुनको मूल्य दुई हजार ८ सय रुपैयाँ बढेको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४१ हजार ५०० रुपैयाँ थियो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार रुपैयाँ पुग्दा तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ कायम छ ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । साताभरमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । योसँगै चाँदीको मूल्य प्रतितोला १९ सय पुगेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर