आज पनि सुनको मुल्यले राख्यो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

  चैत २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र २६ ।  सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ५५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर