मिडियाबाजी डटकम काठमाडौं ,माघ २५ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो ।
साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् । बैठकले साधारणसभा प्रयोजनका लागि फागुन ८ गते एक दिनका लागि बुक क्लोज मिति तोकेको छ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागिताका लागि योग्य बन्न फागुन ७ गतेभित्र सेयरधनी कायम भइसक्नुपर्नेछ ।