मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख २५ । आज पोखरा फाइनान्सको सर्वाधिक अर्थात ८ करोड ३२ लाख बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख,हिमालयन लघुवित्त ५ करोड १७ लाख,हिमालयन रिको ४ करोड ३० लाख र नेपाल फाइनान्सको ४ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ ।
आज हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्था ९.९९ प्रतिशतले बढ्यो । आज इन्फिनिटी लघुवित्तको ८.४७ प्रतिशत,समता घरेलु लघुवित्तको ७.४६ र सबैको लघुवित्तको सेयरमूल्य ७.०४ प्रतिशतले बढ्यो । यो दिन बोटलर्स नेपाल तराईको सेयरमूल्य सर्वाधिक अर्थात ६.२३ प्रतिशतले घट्यो ।
यसैगरी आज सिवाईसी लघुवित्तको सेयरमूल्य ५.९४, माउन्टेन हाईड्रोको ५.८४ र दोल्ती पावरको सेयरमूल्य ५.१२ प्रतिशतले घट्यो ।